‘कथा काठमाण्डू’ को गीतमा ‘रातको कुरा’ (भिडियो)



असोज १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कथा काठमाण्डू’ को पहिलो रोमान्टिक गीत इन्टरनेट रिलिज भएको छ । ‘रातको कुरा…’ बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ ।

प्रदीप बास्तोलाको शब्द तथा संगीत रहेको गीतमा गायिका जोशी पनि देखिएकी छन् । अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरी फिचर्ड गीतको भिडियोमा यी दुईले भरपुर इन्टिमेट सिन दिएका छन् ।


संगीता श्रेष्ठ निर्देशित चलचित्र ‘कथा काठमाण्डू’ को यो गीतमा निर्देशक स्वयंको कोरियोग्राफी छ । कलात्मक रुपमा प्रियंका र प्रमोदलाई भिडियोमा उतार्न उनी सफल छिन् ।

निर्देशक श्रेष्ठले गीतमा प्रियंका र प्रमोदलाई खुल्न गाह्रो नभएको बताइन् । उनी भन्छिन्, ‘हामी पहिला नै यसका लागि तयार थियौं । त्यसैले कुनै असहज भएन । यो गीतले चलचित्रको मुल कथा बोल्छ ।’ ‘कथा काठमाण्डू’ ले तीन फरक कथा बोल्ने र तीनै कथाको एकअर्कासँग कनेक्सन रहेको निर्देशन बताउँछिन् ।

चलचित्रमा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका छ । संगीताले नै यो चलचित्रको लेखन तथा निर्देशन गरेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा लुजा सिंहको छायांकन छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu