राजधानीमा ‘चिमुसीचि’ को कन्सर्ट, दर्शकलाई रोकेन पानीले



मोफसलका विभिन्न शहरमा सांगीतिक कन्सर्ट सकाएर यही साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चिमुसीचि’ टीम राजधानी फिरेको छ । विर्तामोड, धरान, लालबन्दी, हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौलीमा चलचित्रको प्रमोशनल टुर भ्याएर कलाकारसहितको जम्बो टीम काठमाडौं फर्किएको हो ।


राजधानी फर्किएसँगै शनिवार नयाँ बसपार्कमा रहेको बिजी मलको अगाडि भब्य कन्सर्ट समेत आयोजना गरिएको छ । कन्सर्ट सुरु भएपछि मुसालधारे पानी परेको थियो । तर, सयौँ दर्शकहरुले छाता छोडेरै ‘चिमुसीचि’ का कलाकारहरुको दमदार नृत्य हेर्न छाडेनन् ।


दर्शकको चलचित्रप्रति देखिएको चासो देखेर आफू उत्साहित भएको निर्देशक दिनेश श्रेष्ठले बताए । उनी भन्छन्, ‘मोफसलका प्रमुख शहरमा हामीले सफलतापूर्वक कन्सर्ट सकेर राजधानी फिर्‍यौँ । दर्शकबाट चलचित्र हेर्न आतुर रहेको प्रतिक्रियाले हामीलाई ठूलो उर्जा लिएको छ । राजधानीमा पनि दर्शकको प्रतिक्रियाले थप उत्साहित बनाएको छ ।’

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको ‘चिमुसीचि’ को कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।


सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu