उमा भन्छिन्, ‘कहिँ कतै’ मा नयाँ जेनेरेसनको कथा’



अभिनेत्री तथा निर्मात्री उमा ‘बेबी’ गिरीद्वारा अभिनीत तथा निर्मित चलचित्र ‘कहिँ कतै’ यही साउन २५ गतेबाट देशैभरका सिनेमा घरहरुमा लाग्दैछ । गीतसंगीत र ट्रेलरले चलचित्रप्रति दर्शकको चासो बढ्दै गर्दा निर्माण टिमले प्रचारलाई पनि तिव्रता दिइरहेको छ ।

यस चलचित्रबाट अभिनेत्री उमाले आफ्नी छोरी सिवानी गिरीलाई लञ्च गरेकी छन् । मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप सिवानीले यसमा नव-नायक सोनम बरफुङ्गपासँग स्क्रिन साझेदारी गरेकी छन् । सविर श्रेष्ठ यसका निर्देशक हुन् । निर्मात्री तथा अभिनेत्री उमाले ‘कहिँ कतै’ फेमिली लभस्टोरी चलचित्र रहेको बताइन् ।


उनी भन्छिन्, ‘यसमा नयाँ जेनेरेसनको कथा छ । मैले नयाँ र पुराना कलाकारलाई लिएर चलचित्र बनाएको छ । मलाई चलचित्रबाट फाइदा भन्दा पनि नयाँ कलाकारलाई नयाँ बाटो देखाउने काम गरेको छु ।’

उनीमाथि छोरीलाई स्टार बनाउन जोखिम उठाएको आरोप पनि लागिरहेको छ । तर, उनी यो कुरामा सहमत छैनन् । उमा थप्छिन्, ‘खासमा चलचित्रको स्क्रिप्ट चल्दैगर्दा मेरी छोरी यसमा थिइनन् । सिवानीले मिस भारतको उपाधि जितेपछि चाहिं उनलाई किन हिरोइन नबनाउने भनेर छलफल भयो । त्यसपछि उनलाई आफ्नै होम प्रोडक्सनबाट भित्राएको हुँ ।’


उनी सिवानीको डेब्यु चलचित्र भएपनि काम नयाँ जस्तो नलाग्ने बताउँछिन् । दीलिप रायमाझी, किशोर खतिवडालागयतका कलाकारहरुको पनि अभिनय रहेको ‘कहिँ कतै’ मा अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन रहेको छ ।

शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । फिल्मका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu