साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘झमक बहादुर’ को अडियो जुकबक्स सार्वजनिक भएको छ ।
अडियो जुकबक्समा टाइटल गीतसहित ‘मृग नयनी’ र ‘आम्मैले भन्थे धाराको पानी’ बोलका गीत छन् । शिर्ष गीतमा भोमन कटुवालको शब्द र ओम सुनवारको संगीत तथा स्वर छ ।

‘मृग नयनी’ बोलको गीतमा तिर्थ दमली (टुपी) को शब्द रहेको छ भने ओम सुनवार र मेलिना राईले स्वर छ । गीतमा ओम स्वयंले संगीत भरेका छन् । यस्तै, तेस्रो गीत ‘आम्मैले भन्थे’ लाई रिमिक्स गरि यस चलचित्रमा राखिएको छ ।
निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’ नितान्त नेपाली परिवेश सुहाउँदो चलचित्र रहेको बताएका छन् । सुन तस्करी, लुटपाट र अपहरणलाई चलचित्रको मुख्य विषय बनाइएको छ ।
अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा ओम सुनारको संगीत छ ।
राजु किरात राईको द्वन्द्व रहेको चलचित्रलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह-निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । चलचित्रको छायांकन पवन गौतमले गरेका हुन् ।
अडियो जुकबक्स :-




