सोमवार झापामा धरावासीको ‘झोला’ आउँदै



jhola-4
लक्ष्मी काफ्ले, विर्तामोड।
सतिप्रथामा आधारित ऐतिहासिक चलचित्र झोलाको झापामा विशेष प्रदर्शन गरिने भएको छ । सर्जक मञ्च झापाको संयोजकत्वमा चलचित्र झोला पौष १५ गते सोमवार विर्तामोड स्थित कृष्ण टाकिजमा प्रदर्शन गर्ने तयारी भईरहेको सर्जक मञ्जकी अध्यक्ष लिला अनमोलले बताइन् ।

मञ्चद्वारा विर्तामोडमा आयोजना गरिएको चलचित्र सम्बन्धी पत्रकार सम्मेलनमा चलचित्रका लेखक कृष्ण धरावासी, निर्देशक यादव भट्टराई र प्रस्तुतकर्ता उत्तमकुमार श्रेष्ठले चलचित्रका विभिन्न पक्षका बारेमा चर्चा गरेका थिए ।

बुढेसकालमा आफुभन्दा चालिस बर्ष कान्छी श्रीमती बिवाह गरेर बच्चा जन्माएका वृद्दको देहान्तसँगै श्रीमतीले सति जानुपर्ने कथामा ‘झोला’ बनेको छ। वृद्दले जीवनको अन्तिम समयमा श्रीमतीलाई सति नजानु भनेता पनि सामाजिक परम्पराका कारण चितामा बस्नुपरेको दृश्य कारुणिक लाग्छ। आगोले पोलेपछि खोलामा हाम्फालेर भागेकी आमालाई घना जंगलको गुफामा देखेपछि उक्त ठाउँ छोडेर भाग्ने निर्णय गरी काका-काकीको सहारामा परदेशिएको बालक र उसकी आमाको दृश्य अगाडी पर्दा जस्तोसुकै कठोर हृदय पनि नौनी बन्छ।

पाठ्यकथामा समेत मानिसलाई रुन बाध्य तुल्याउने ‘झोला’मा लेखक धरावासीको पनि बिशेष भूमिका रहेको छ। गरिमा पन्त, देशभक्त खनाल, लक्ष्मी गिरी, दीपक क्षेत्री, सुजल नेपाल (बाल-कलाकार), प्रह्लाद खतिवडा, रामगोपाल थापा लगाएतका कलाकारहरुको अभिनय रहेको ‘झोला’लाई यादव भट्टराईले निर्देशन गरेका छन्। नायक राज तिमिल्सिनाले यो चलचित्रमा लगानी गरेका छन्। उनको साथमा रामगोपाल थापा र सुशुल शाहले पनि लगानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu