‘नाईं नभन्नू ल ५’ को शिर्ष गीत रिलिज (भिडियो)



भाद्र ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाईं नभन्नू ल ५’ को शिर्ष गीत रिलिज भएको छ । ‘तिम्रो आँखामा आँखा जुधाई…’ बोलको गीतमा मेलिना राईले स्वर भरेकी छन् । दिनेश थपलियाको शब्द रहेको गीतमा संगीतकार बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ ।

इमालका रमणीय स्थानहरुमा खिचिएको गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र नव-नायक अभिषेक नेपाल फिचर्ड छन् । कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानले खिचेको भिडियोमा स्वस्तिमा आफ्नो प्रेमी अभिषेकलाई फकाइरहेकी छन् ।

चलचित्रमा स्वस्तिमाको बाल्यकालको भूमिका नव-बाल कलाकार सेड्रिना शर्मा र अभिषेकको बाल कलाकार अनुभव रेग्मीले निभाएकी छन् । नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नू ल’ को पाँचौं भागलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् ।

निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । चलचित्रलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

निर्देशक विकास आचार्यले सदा झैं ‘नाईं नभन्नू ल ५’ पनि फेमली ड्रामा चलचित्र रहेको बताए । वान टाइम सिनेमाको ब्यानरमा बनेको चलचित्रको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu