आउँदो भाद्र ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको विकासराज आचार्य निर्देशित चलचित्र ‘नाईं नभन्नू ल ५’ बाट दुई नयाँ कलाकारले डेब्यु गरेका छन् । नव-नायक अभिषेक नेपाल र बाल कलाकारमा सेड्रिना शर्माले यस फिल्मबाट लिड रोलमा ब्रेक पाएका छन् ।
हुनत, यस चलचित्रका हरेक सिरिजबाट निर्देशक आचार्यले नयाँ कलाकारलाई लञ्च गर्दै आइरहेका छन् । ‘नाईं नभन्नू ल ५’ मा नव-नायक अभिषेक नेपालको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ भने फेरि एकपटक अनुभवले पर्दामा नयाँ जोडी पाएका छन् ।
सेड्रिना शर्मासँग उनले अनस्क्रिन रोमान्स गरेका छन् । चलचित्रको ट्रेलरमा अभिषेकको भूमिका सस्पेन्सको छ । सेड्रिना भने चुलबुले बालिकाको रुपमा प्रस्तुत छिन् ।
‘नाईं नभन्नू ल ५’ को ट्रेलर रिलिज भएसँगै बाल कलाकार सेड्रिनाको चर्चा सुरु हुन थालेको छ । उनको अभिनयले ट्रेलरबाटै तारिफ बटुलिरहेको छ । उनको सुन्दरताको प्रशंसा गर्नेहरु पनि प्रसस्तै छन् । डेब्यु चलचित्र रिलिज नहुँदै उनको भविष्य सुन्दर रहेको आँकलन गर्न थालिएको छ ।
मंगलवार चलचित्रको शिर्ष गीत सार्वजनिक कार्यक्रममा उनी आफ्नो परिक्षा सकेर निकै ढिला पुगेकी थिइन् । कालो रंगको पहिरनमा उनको सुन्दरता खुबै खुलेको थियो । सानै उमेरदेखि उनी आफूलाई सुहाउँदो पहिरन छनौट गर्न माहिर देखिएकी छन् ।
जो कोहिंसँग मिठो शैलीमा बोल्न सिपालु सेड्रिना मिडियाको सामुन्ने कुन र कस्ता पोजमा तश्बिर खिचाउने ? पूरै अभ्यस्त भइसकेकी रहेछिन् ।