भाद्र २२ गतेबाट प्रदर्शनमा आउने बताइएको चलचित्र ‘सुश्री सम्पत्ति’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘हुकुम बक्सियोस्…’ बोलको गीतमा मेलिना राई र विशाल राईको स्वर सुन्न सकिन्छ भने सुरेश अधिकारीको शब्द तथा संगीत छ ।
बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा अभिनेता द्वय सलोन बस्नेत र विनोद न्यौपानेसँगै अभिनेत्री सारा सिर्पाली फिचर्ड छन् । भिडियोमा तीनै कलाकार रोयल लुक्समा प्रस्तुत छन् ।
गीतमा गम्भिर विष्टको कोरियोग्राफी छ भने शिवराम श्रेष्ठले खिचेका हुन् । सुव्रत आचार्य निर्देशित ‘सुश्री सम्पत्ति’ को यो गीत खिच्न चार दिन लागेको थियो ।
चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । ‘सुश्री सम्पत्ति’ को निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।
अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । अर्जुन तिवारीले सिंगो चलचित्र खिचेका हुन् ।
गीत हेर्नुहोस् :