‘पण्डित बाजेको लौरी’ संशोधन गर्न चेतावनी



साउन ४ गतेबाट देशभर प्रदर्शनमा उत्रिएको चलचित्र ‘पण्डित बाजेको लौरी’ को प्रदर्शन तत्काल रोक्न राष्ट्रिय बादी परिषद्ले चेतावनी दिएको छ । नेपालगञ्‍जमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै परिषद्ले फिल्ममा बादी समुदायलाई ‘होच्याउने’ शब्दहरु प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ ।

चलचित्रसँगै सरस्वती प्रतिक्षाको ‘नथिया’ र विवेक ओझाको ‘ऐलानी’ नामक उपन्यासमा बादी समुदायलाई ठेस लाग्ने, लान्छाना, भेदभाव देखिने शब्दहरु प्रयोग भएकाले सच्याउन आग्रह गरिएको छ ।


परिषदका अध्यक्ष केशव नेपाली (बादी) ले चलचित्र र उपन्यास नसच्याए ‘जस्तोसुकै प्रतिकार गर्न पछि नहट्ने’ चेतावनी दिएका छन् । उनी भन्छन्, ‘बादी समुदायले श्रीमतीको देहव्यापार गरेर कमाई खान्छन् भन्ने देखाइएकाले त्यो भर्त्सनायोग्य छ ।’

परिषद्का महासचिव सुकलाल नेपाली (बादी) ले २०६५ पौष २३ गते नेपाल सरकारले बादी समुदायमा रहेको यौन शोषण अन्त्य भएको घोषणा गरिसकेको जानकारी दिए ।

उनले फिल्म ‘पण्डित बाजेको लौरी’ तत्काल संशोधन नभए विभेदको विरुद्धमा जस्तोसुकै प्रतिकार गर्न पछि नहट्ने र त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनु पर्ने चेतावनी दिएका छन् ।

दिपक ओली निर्देशित उक्त चलचित्रमा तल्लो जान भनेर समाजले हेप्ने गरेकी बदिनी र समाजको ठूलो जात पण्डितबिचको सम्बन्धलाई देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu