भाद्र ८ मा ‘रेनी’ आउने, हेर्नुहोस् फस्टलुक



फस्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘रेनी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेता सरोज खनाल स्टारर यो चलचित्र भाद्र ८ गतेबाट प्रदर्शनमा आउने तय भएको छ ।

त्रिकोणात्मक प्रेमकथानक ‘रेनी’ मा सरोजका अलावा सुरवीर पण्डित (दारी बा), दीपक ढकाल, गिरिश रिजाल (समीप) का साथमा नव-नायिका सनम मल्ल प्रमुख भूमिकामा छन् ।


गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको चलचित्रको स्क्रिप्ट नव-नायिका सनमले लेखेकी हुन् । चलचित्र निर्माणमा बिमला मल्ल र संजिव मल्लले सहकार्य गरेका छन् ।

काठमाडौ उपत्यका तथा कुलेखानी खिचिएको चलचित्र एक्शन, लभ, कमेडीका साथै सामाजीक सन्देशयुक्त भएको निर्मात्री बिमला बताउँछिन् ।

जयराम थापाले खिचेको चलचित्रका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । राजु किराँतको द्वन्द्व र अनिश लामाको कोरियोग्राफी रहेको चलचित्रलाई गोबिन्द शाहीले बितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu