श्रृष्टीलाई फलिफाप होला ‘रोमियो एण्ड मुना’ ?



‘गाजलु’ फेम्ड अभिनेत्री तथा २०१२ कि मिस नेपाल श्रृष्टी श्रेष्ठ अभिनीत दोस्रो चलचित्र ‘रोमियो एण्ड मुना’ यही शुक्रवारबाट देशभरका सिनेमा घरहरुमा लाग्दैछ । झन्डै २ वर्षपछि पर्दामा फर्किएका कारण पनि यो चलचित्र उनका लागि विशेष छ ।

गाउँकी सोझी यूवतीको भूमिका निर्वाहा गरेकी उनको यस चलचित्रमा अभिनेता विनय श्रेष्ठसँग जोडी बाँधिएको छ । अभिनेता श्रेष्ठ दर्शकमाझ खासै परिचित अनुहार होइनन् ।

अभिनेत्री श्रृष्टीको युवापुस्तामाझ राम्रो क्रेज भएका कारण चलचित्रले बक्सअफिसमा राम्रो नतिजा ल्याउने फिल्मी पण्डितहरुको आँकलन छ ।

नरेश कुमार केसी निर्देशित यस चलचित्रमा विनय र श्रृष्टीसँगै प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेका हुन् ।

यो चलचित्रमा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ ।

शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’ लाई प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu