‘धुर्मुस-सुन्तली’ (सिताराम कट्टेल र कुञ्जना घिमिरे) ले निर्माण गर्न लागेको चलचित्र ‘एन्टीभाइरस’ र ‘शत्रु गते’ टीम अर्थात् किरण केसी र ‘महजोडी’ ले निर्माण गर्न लागेको चलचित्र ‘दाल भात तरकारी’ को अफर युवा स्टर प्रदीप खड्कालाई गरिएको छ ।
हाल नयाँ चलचित्र ‘रोजी’ मा व्यस्त उनले दुई चलचित्रमध्ये एक रोज्ने मनस्थितिमा छन् । हाल ‘लिलिबिली’ प्रदर्शनका लागि अष्ट्रेलिया पुगेका उनले दुवै चलचित्रको कन्ससेप्टबाट प्रभावित भएको बताए ।
तर, कुन साइन गर्ने ? अझै पनि अन्योलमा छन् । उनी नेपाल आएपछि दुईटामा एउटा साइन गर्ने प्लान बनाएको बताएका छन् । अभिनेता खड्काले नेपाल आएपछि निर्णय लिने बताए ।
अहिले ‘एन्टीभाइरस’ र ‘दाल भात तरकारी’ को स्क्रिप्टको काम चलिरहेको छ । अब यी दुई चलचित्रमध्ये प्रदीपले कुन फिल्म रोज्लान् ? सबैका लागि चासोको विषय बनेको छ । दुई चलचित्रमध्ये जुन रोज्दा पनि उनका लागि फाइदाजनक हुने देखिन्छ ।