तपाई, राजधानीका केहि रेस्टुरेन्ट र होटल जाँदै हुनुहुन्छ भने अब आफ्नो मोवाइलमा वाइफाइ कनेक्ट गर्न यूजर नेम र पासवर्ड माग्दा ‘रामकहानी’ पाउनुहुनेछ ।
भाद्र २२ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रका निर्देशक सुदर्शन थापाले रेस्टुरेन्ट र होटल पुग्ने ग्राहकले पासवर्ड माग्दा वेटरले ‘रामकहानी’ दिने बताए । यसले, दर्शकलाई चलचित्रको बिषयमा कौतुहलता हुने उनको विश्वास छ ।
पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रको ट्रेलर साउन १७ गते रिलिज हुँदैछ ।