‘कायरा’ गीत : साम्राज्ञीको मायामा एकोहोरो भए आर्यन (भिडियो)



साउन १८ गतेबाट देशभर प्रदर्शनमा उत्रिन लागेको प्रतिक्षीत चलचित्र ‘कायरा’ को दोस्रो रोमान्टिक गीत रिलिज भएको छ । ‘यो त माया हो…’ बोलको गीतमा गायक सुगम पोखरेल र गायिका श्रेया सोताङ्गको स्वर छ ।

नरेश भट्टराईको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन् । गीतमा दुवै एकोहोरो एकअर्कालाई हेर्न मन लागेको कुरा गर्दैछन् ।


पहिलो पटक यो कपलले एकसाथ स्क्रिन साझेदारी गरेका कारण चलचित्र ‘कायरा’ दर्शकमाझ प्रतिक्षीत छ । ट्रेलरले पनि चलचित्रप्रति कौतुहलता जगाएको छ । फिलिपिन्समा खिचिएको यस चलचित्रका निर्देशक लक्ष्मण रिजाल हुन् ।

आर्यनको होम प्रोडक्सनमा निर्मित उक्त चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

शिवराम श्रेष्ठले चलचित्रका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu