फ्राईडे रिलिज : ‘चि मुसी चि’ र ‘रोमियो एण्ड मुना’



आज शुक्रवारबाट दुई चलचित्रले देशव्यापी प्रदर्शन सुरु गरेका छन् । दुई फरक स्वादका चलचित्र ‘चि मुसी चि’ र ‘रोमियो एण्ड मुना’ फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि प्रदर्शनमा आएका हुन् ।

दिनेश श्रेष्ठ निर्देशित ‘चि मुसी चि’ म्यूजिकल थ्रिलर जनराको चलचित्र हो भने नरेश कुमार केसीको ‘रोमियो एण्ड मुना’ ले लभस्टोरी कथा वाचन गर्छ ।

‘चि मुसी चि’ मा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ ।


यस चलचित्रको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् ।

अनिल पाण्डे र प्रिन्स युवराज कार्की चलचित्रका प्रस्तुतकर्ता हुन् । चलचित्रमा सुरज अधिकारीको संगीत रहेको छ । बासु न्यौपानेले खिचेको चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

यता ‘रोमियो एण्ड मुना’ मा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको प्रमुख भूमिका छ । यो चलचित्रमा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ ।

शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’ लाई प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu