‘मेरी मामु’ को ‘आमा’ गीत रिलिज (भिडियो)



भाद्र १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको निर्माता सन्तोष सेन निर्मित चलचित्र ‘मेरी मामु’ को शिर्ष गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा निर्माता सेनका ६ वर्षिय छोरा आयुव सेन फिचर्ड छन् ।

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा रोहित जोन क्षेत्रीको आवाज छ भने कल्याण सिंहको संगीत तथा रवी मल्लले शब्द लेखेका छन् । गीतमा आयुवको आमाप्रेम पोखिएको छ ।

यो चलचित्रमा कुसुम गुरुङले आयुवकी आमाको भूमिका निर्वाहा गरेका छन् । पिताको भूमिकामा अभिनेता शारुक ताम्राकार छन् । ‘प्रेमगीत २’ फेम्ड अभिनेत्री अश्लेषा ठकुरीको पनि उक्त चलचित्रमा प्रमुख भूमिका छ ।

यम थापाको लेखन र निर्देशन रहेको यो चलचित्रलाई पुरुषोत्तम प्रधान र मानकृष्ण महर्जनले खिचेका हुन् । बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको ‘मेरी मामु’ मा एलिस कार्कीको पाश्र्व संगीत छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu