साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘झमक बहादुर’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मृग नयनी…’ बोलको गीतको भिडियोमा मिन कुमार तामाङ र सुजाता थापा फिचरिङ छन् ।
मेलिना राई र ओम सुनारको स्वर रहेको गीतमा शब्द तीर्थ दामली टुप्पीले लेखेका हुन् । जीवन थापाको कोरियोग्राफी रहेको गीतको छायांकन चितवन, पोखरा, काठमाण्डौलगायतका स्थानहरुमा गरिएको छ ।

निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’ नितान्त नेपाली परिवेश सुहाउँदो चलचित्र रहेको बताए । सुन तस्करी, लुटपाट र अपहरणलाई चलचित्रको मुख्य विषय बनाइएको छ ।
अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा ओम सुनारको संगीत छ ।
राजु किरात राईको द्वन्द्व रहेको चलचित्रलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह-निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । पवन गौतमले यो चलचित्र खिचेका हुन् ।
भिडियो :-




