सुदर्शन गौतम मानव तस्करी गर्ने गिरोहका नाइके



दुवै हात नभएका चलचित्र ‘हिम्मतवाली’ का अभिनेता सुदर्शन गौतम नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गिरोहका नाइके रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

क्यानाडा निवासी उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उनलाई नेपाल झिकाउन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) लाई समेत पत्राचार गरिसकेको छ ।


तीन युवतीलाई अमेरिका लैजाने भन्दै हाइटी पुर्‍याएर उनले अलपत्र बनाएको र त्यसमध्ये एक युवतीको समुन्द्रमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यहाँबाट उद्दार भएर नेपाल फर्किएकी एक युवतीको उजुरीका आधारमा प्रहरीले गौतमविरुद्ध मुद्दा दर्ता गरेको हो ।

गौतमको मानव तस्करी गिरोहमा आबद्ध बाग्लुङका सागर श्रीषसहित ४ जनालाई महानगरीय अपराध महाशाखाले गत महिना नै पक्राउ गरिसकेको छ । उनीहरुलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

प्रहरीले गौतमलाई फरार अभियुक्त बनाई मुद्दा दायर गरिसकेको छ भने जिल्ला अदालतले उनको नाममा वारेन्ट नोटिस जारी गरिसकेको छ।

-नेपाल लाइभको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu