नीताले साइन गरिन् ‘साइनो’



आमा अभिनेत्री चैत्यदेवी सिंह र भुवन चन्दले संयूक्त रुपमा निर्माण गर्न लागेको चलचित्र ‘साइनो’ मा अभिनेत्री नीता ढुंगाना लिड रोलमा अनुबन्धित भएकी छन् ।

दशैंपछि फ्लोरमा जाने यस चलचित्रमा उनी डान्स टिचरको भूमिकामा देखिनेछिन् । अभिनेत्री ढुंगाना स्क्रिप्ट उत्कृष्ट लागेका कारण चलचित्र छाड्न नसकेको बताइन् ।

उनी भन्छिन्, ‘विषय वस्तुसँगै भूमिका पनि राम्रो पाएँ अनि चलचित्र साइन गरेको हुँ । भूमिका च्यालेन्जिङ्ग छ । केहि समयपछि डान्सको ट्रेनिङ्ग पनि लिँदैछु ।’

‘साइनो’ लाई रमेश थापाले निर्देशन गर्नेछन् । चलचित्रमा नायिका मिरुना मगर र नव कलाकार राजकुमारको पनि प्रमुख भूमिका रहनेछ । यसमा अभिमन्यू निरवी र रामशरण कोइरालाको लेखन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu