निराश हुँदै भुवन के.सी.ले भने, ‘सभासद नबन्दा निराश नहुनुस’



bhuwan-kc-1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायक भुवन केसीको संबिधानसभामा सदस्य बनेर जाने सपना तुहिएपछि राजधानीमा पत्रकार सम्मेलन गरेका छन्। आइतवार दिउसो रिपोटर्स क्ल्बमा आयोजित पत्रकार सम्मेलनमा केहि निराश देखिएका केसीले अरुलाई भने निराश नबन्न आग्रह गरे। पार्टीका नेता तथा जनताले आफू सभासद बनेको हेर्न चाहेको बताउँदै अहिले नै सभासद नबन्दा निराश हुनु नपर्ने बताए।

पार्टीको निर्णयबाट खुशी रहेको बताउँदै भुवनले आफु निष्ठावान रुपमै पार्टीमा लाग्ने जिकिर गरे। प्राविधिक कारणले आफू समानुपातिकमा अटाउन नसकेको जानकारी पाएको उनले बताए। निर्वाचनमा मत दिने मतदाताहरुलाई धन्यवाद दिँदै उनले काठमाण्डौ १ बाट उम्मेदवारी खोसिँदा पनि आफुलाई अपमान महशुश नभएको बताए।

केसीले यसअघी सभासद बन्नैक लागि एमालेमा प्रवेश गरेको बताएका थिए। दोश्रो संविधानसभको निर्वाचनमा प्रत्यक्ष तर्फको मतपरिणाम आइसकेपछि समानुपातिकमा नाम सिफारिस गर्न कदम चल्दा बित्तिकै एमाले भित्रकै केहि समुहके भुवन केसी सभासद बन्ने कुनै क्षमतावान व्यक्ति नभएको भन्दै उनलाई सभासद नबनाउन एउटा अभियान नै चलाईएको थियो।

एमालेले सुरुमा प्रत्यक्षतर्फ केसीको नाम सिफारिस गर्दा नै कार्यकर्ताबाटै व्यापक बिरोध भएपछी पछि पार्टीले उनलाई समानुपातिकतर्फ नाम समावेश गरेको थियो। काठमाडौं क्षेत्र नं १ बाट केसीले प्रत्यक्षतर्फको टिकट पाउनै लागेका थिए। त्यो पनि केसीले सभासद नपाउने हो भने मा अर्को पार्टीमा प्रवेश गर्छु भनेपछि मात्र उनलाई समानुपातिकको नाम लिस्टमा समावेश गर्दा पटक-पटक विवादमा आउने नायक भुवनको ठुलै चर्चा भएको थियो ।

आफूलाई उम्मेद्वार बनाउन नखोजेको भन्दै कलाकार केसी राप्रपा नेपालमा प्रवेश गर्न खोजेका थिए। पछि एमाले नेतृत्वले टिकट दिने आश्वासनमा केसीलाई फकाएर पार्टीमा नै राखेको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu