कोरियोग्राफर दिनेश पाख्रिन निर्देशित चलचित्र ‘टिनएज’ यही साउन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । यसअघि पुराना कलाकारलाई लिएर चलचित्र निर्माण गरेपनि यस चलचित्रमा उनले अधिकांश नयाँ कलाकार लिएका छन् ।
विगतमा भन्दा यसपटक चलचित्र चलाउन अनेकन कष्ट झेल्नु परेको उनको भनाई छ । उनले भने, ‘चलचित्रको कथाले टिनएज देखिने कलाकार खोज्यो त्यसैले नयाँ अनुहार राखेँ । नयाँ कलाकार भएपनि सबैले आ-आफ्नो तर्फबाट उत्कृष्ट काम गरेका छन् ।’
यो चलचित्रलाई निर्देशक स्वंमले वितरण गर्दैछन् । गत असोजमा रिलिज गर्ने भन्दै प्रचार-प्रसारमा लाखौं रुपैयाँ खर्च गरेपनि वितरकको लापर्वाहीका कारण आफूलाई ठूलो घाटा भएको उनले गुनासो पोखे ।

निर्देशक पाख्रिन चलचित्र रिलिजपछि सबैको घमण्ड तोडिने ठोकुवा गर्छन् । चलचित्र वितरणमा उनलाई सरोज शर्माले साथ दिएका छन् ।
‘टिनएज’ मा नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ ।
विकास चौधरी र बसन्त सापकोटाको संगीत रहेको चलचित्रमा डा. कृष्णहरी बराल, हरी उप्रेती र सबिना केसीको गीत रचना छ । यसमा दिक्षा पाख्रिन, लिगेश भट्टराई, सोम लामा, जनक कार्की र दिपक सिंहको कोरियोग्राफी रहेको छ ।
हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुती ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।




