भाद्र १ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘जय शम्भु’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेत्री वर्षा सिवाकोटीका लागि अभिनेता द्वय प्रशान्त ताम्राकार र अनुप विक्रम शाहीको महासंग्राम देख्न सकिन्छ ।
दिनेश शाही प्रस्तुतकर्ता रहेको ‘जय शम्भु’ मा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

यस्तै, सह-निर्माताहरु कुशल शर्माा र शिक्षा काफ्ले छन् । चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । हरि घले लामाको छायांकन रहेको यो चलचित्रमा श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन र रामजी लामिछानेको नृत्य रहेको छ ।
चलचित्रमा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु रानालगायतको पनि प्रमुख भूमिका छ ।
ट्रेलर हेर्नुहोस् :-




