केकीदेखि संचितासम्मले गरे ‘रोमियो एण्ड मुना’ को तारिफ



शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘रोमियो एण्ड मुना’ को आइतवार दिउँसो राजधानीको जय नेपाल हलमा विशेष शोको आयोजना गरिएको छ ।


चलचित्र हेर्ने अधिकांश सेलिव्रेटी थिए । नायिका केकी अधिकारीले ‘रोमियो एण्ड मुना’ को मुक्तकण्ठले प्रशंसा गरिन् । ‘यस्ता नेपाली फिल्म विरलै बन्दछन् । चलचित्र हेरिरहँदा मेरा आँखा रसाए’ अभिनेत्री अधिकारीले भनिन्, ‘चलचित्रमा बिम्बहरु निकै राम्रोसँग प्रयोग गरिएको छ ।’

नायिका रिमा विश्वकर्माले ‘रोमियो एण्ड मुना’ लाई सरल र सुन्दर लभ स्टोरी चलचित्र बताइन् । उनले मुना अर्थात् नायिका सृष्टि श्रेष्ठको खुलेर प्रशंसा गरिन् ।

निर्देशक हेमराज विसीले चलचित्रको स्क्रिन प्ले र कलाकारको प्रशंसा गरे । नायक द्वय गौरव पहारी र नाजिर हुसेन, सृष्टिको अभिनयको तारिफ गरेर थाकेनन् ।

‘रोमियो एण्ड मुना’ को विशेष शोमा निर्माता तथा निर्देशक दिपाश्री निरौला, निर्देशक सविर श्रेष्ठ, वरिष्ठ कलाकार लक्ष्मी गिरी, नायिका संचिता लुईंटेल, मिरुना मगर, नायक आर्यन अधिकारी लगायत सहभागी थिए ।


नरेश कुमार केसी निर्देशित यस चलचित्रमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठले शिर्ष भूमिका निभाएका छन् भने निर्माण प्रशन्न गोपालीले गरेका हुन् । यो चलचित्रले शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu