‘छक्का पञ्जा ३’ को गीत रिलिज, कसको जोडी को ? (भिडियो)



दशैंमा रिलिज हुने यस वर्षको प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको गीत सार्वजनिक भएको छ । दीपक शर्माको संगीत रहेको गीतको शब्द राजेन्द्र थापाले लेखेका हुन् । स्वर डेभिड शंकर र विन्दु परियारको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सुमन गिरी (भान्जा) र संजोग कोइराला नाचेका छन् ।

गीतलाई पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले संयूक्त रुपमा खिचेका हुन् । यस सिरिजका ‘पुर्व पश्चिम रेल’, ‘देखन चम्पा’, ‘ए दाजु’, ‘म यता किनारामा’ गीत सर्वाधिक हिट छन् ।

दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको गीत पनि पहिलाको झैँ लोक लयमा तयार पारिएको छ । राजेन्द्र थापाका शब्द रमाइला छन् । दीपक शर्माको संगीत उत्कृष्ट छ । गीतमा डेभिड शंकर र विन्दु परियारको स्वर गज्जबको छ ।

यो चलचित्रमा दीपकराजको जोडी अभिनेत्री दीपिका प्रसाईँसँग बाँधिएको छ । ‘छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका छ ।

अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला भने गेस्ट रोलमा छन् । अभिनेत्री बर्षा राउत यसपटक सार्वजनिक गीतमा मात्र सिमित भएकी छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu