मायामा अभागी कायरा र जय



यही शुक्रवारबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘कायरा’ देशभर प्रदर्शनमा आउँदैछ । गीतसंगीत र ट्रेलरले फिल्मको हाइप मेन्टेन गरिरहँदा आर्यन र साम्राज्ञी प्रचार-प्रसारमा पनि उतिक्कै खटिरहेका छन् ।

अहिले चलचित्र ‘कायरा’ को प्रचारका लागि यो कपल मोफसल दौडाहामा छन् । पोखरा हुँदै सोमवार चितवन पुगेका उनीहरुले पत्रकारसँग चलचित्रको विषयमा कुराकानी गरे । पत्रकारको प्रश्नमा अभिनेता सिग्देलले चलचित्रको छायांकन फिलिपिन्समा गरिनुको कारण खुलाए ।

उनी भन्छन्, ‘मैले मायामा संघर्ष गरेर पनि असफल पात्रको भूमिका निभाएको छु । मायामा प्रायः असफल भएपछि यो ठाउँ र यो ठाउँसँग बसेको मायाबाट भाग्नका लागि ऊ नेपालबाट काहिं जानु पर्ने हुन्छ । त्यसैका लागि ऊ फिलिपिन्स जान्छ । फिलिपिन्स नै जानु पर्ने थिएन तर दर्शकलाई फ्रेस लोकेशन दिउँ भन्नका लागि गएका हौं ।’

सबै कुरामा भाग्यमानी भएपनि मायाको कुरामा आफूले निभाएको पात्र अभागी रहेको आर्यनले बताए । कायरा र जयको प्रेममा आउने उतारचढावलाई चलचित्रमा देखाइएको छ । बनिरहेका लभस्टोरी चलचित्रभन्दा ‘कायरा’ मा परिस्थिति, चरित्र र क्यारेक्टरको आउटलुक फरक रहेको उनको भनाई छ ।

आर्यनले बालकदेखि वृद्धसम्मलाई इन्डिकेट गरेर बनाइएको लभस्टोरी चलचित्र रहेको बताउँछन् । यस्तै, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले टाइटल क्यारेक्टरमा आफू रहेको बताइन् ।

उनी भन्छिन्, ‘ब्रेकअप भएपछि कायरा स्याड हुने, चित्त दुख्ने, रुने, जे कुरा राम्रो होइन आफ्नो लागि त्यो कुरा गर्न मन लाग्ने फेजमा हुन्छ । त्यतिबेला उसले जयलाई भेट्छ । जय पनि रिलेशनसिपमा छ तर खुसी छैन । यी दुईजना साथी भएपछिको उचारचढाव हो चलचित्र ।’

उनले आफूले गर्दा जयलाई सुःख हुन्छ वा दुःख हुन्छ भन्ने कुरा चलचित्रमा देख्न पाइने बताइन् । उनले यो चलचित्र साइन गर्नुको पछाडि निकै ठूलो कारण रहेको पनि बताएकी छन् । उनले थपिन्, ‘एकदमै राम्रो छ स्क्रिप्ट । हामीले गीत र ट्रेलरमा स्टोरी अलिकति पनि रिभिल गरेका छैनौं । जय र कायराको जर्नी हो चलचित्र ।’


चितवन बसाईको क्रममा आर्यन र साम्राज्ञीले केहि कलेजमा समेत चलचित्रको प्रचार गर्न भ्याए । विधार्थीहरुले ‘कायरा’ हेर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् । चितवनका केहि कलेज पुग्दा ‘कायरा’ जोडीको लोभलाग्दो क्रेज देखिएको थियो ।

यस चलचित्रका निर्देशक लक्ष्मण रिजाल हुन् । आर्यनको होम प्रोडक्सनमा निर्मित उक्त चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

शिवराम श्रेष्ठले चलचित्रका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu