सेन्सर पास भयो ‘झमक बहादुर’



यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको कमेडी चलचित्र ‘झमक बहादुर’ सेन्सर पास भएको छ । अपहरण र सुन तस्करीको कथा उठाएका कारण केन्द्रीय चलचित्र जाँच समितिले यो चलचित्रको सेन्सर रोकेको थियो ।

कुनै पनि दृश्य नकाटिएपनि केहि ठाउँमा अपशब्द प्रयोग भएकाले सेन्सर बोर्डले ‘म्यूट’ गर्न निर्देशन दिएको छ । चलचित्र सेन्सर पास भएसँगै प्रदर्शनका लागि बाटो खुलेको भन्दै निर्देशक भोमन कटुवाल र निर्माता मिन कुमार तामाङले खुसी व्यक्त गरे ।


अब १६ वर्ष उमेर मुनीकाले यो फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने छ । पहिलो ट्रेलर इन्टरनेट रिलिज भएपछि यो चलचित्र दक्षिण भारतीय चलचित्र ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी रहेको भन्दै चर्को आलोचना भइरहेको छ ।

अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा ओम सुनारको संगीत छ ।

राजु किरात राईको द्वन्द्व रहेको चलचित्रलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह-निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । पवन गौतमले यो चलचित्र खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu