चलचित्रमा रमाईलो हुनाले स्वस्थ भईन्छः राई | प्रोड्युसर हेल्थ क्याम्प



producer-health-camp
ठुलोपर्दा डटकम, काठमाण्डौ।
एन.सी.एच.सी. स्कुल हेल्थ प्रोगामसँग सहकार्य गर्दै नेपाली चलचित्र ‘प्रोड्युसर’ले सरकारी स्कुलमा पढ्ने बालबालिकको स्वास्थ्य जाँचमा सहयोग गरेको छ। राजधानीको ज्ञानेश्वरस्थित ज्ञानविकास निम्न माध्यामिक विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच भएको हो।

क्याम्पका अवसरमा ‘प्रोड्युसर’का निर्माता तथा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले चलचित्र र स्वास्थ्य प्रत्यक्ष सरोकार रहने बताउनुभयो। चलचित्रले रमाईलो दिलाउँदै स्वास्थ्यलाई सकारात्मक असर पारिरहेको राईको तर्क थियो। सो अवसरमा राईले विदेश प्रदर्शनबाट प्राप्त हुने रकमको १० प्रतिशत यस्तै सामाजिक कार्यमा लगानी गर्ने घोषणा गर्नुभयो।

producer-health-camp1
नेपाल कम्युनिटी हेल्थ एन्ड सोसियल सर्भिस सेन्टर (एन.सि.एच.सी.)को संयोजकत्वमा चलचित्र ‘प्रोड्युसर’ र दावली मिलन केन्द्रले उक्त हेल्थ क्याम्प आयोजना गरेका हुन्। नोबेल मेडिकल कलेजकी निर्देशक डा. लोचन कार्की नेतृत्वको चिकित्सक टोलीले विद्यार्थीहरुको स्वास्थ्य जाँच भएको थियो।

श्याम अर्याल, बाबु बोगटी, विल्सन विक्रम राई, श्वेता भट्टराई, पायल रायमाझी आदि कलाकारको अभिनय रहेको ‘प्रोड्युसर’लाई जनकदिप पराजुलीले निर्देशन गर्नुभएको छ। माघ १७ गतेबाट देशभर प्रदर्शन हुने यो चलचित्र कमेडी चलचित्र हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu