हिरो परिवर्तनको कुरामा म हाबी हुन्नँ : साम्राज्ञी



अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत नयाँ चलचित्र ‘कायरा’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यसमा उनको जोडी अभिनेता आर्यन सिग्देलसँग बाँधिएको छ । गीतसंगीत र ट्रेलरका कारण यो चलचित्रको प्रतिक्षा दर्शकमा व्यग्र छ ।

तर, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको बारे एउटा रोचक कुरा निकै कमले ‘नोटिस’ गरेका छन् । उनका हरेक चलचित्रमा हिरो दोहोरिएका छन् । उनले ‘कायरा’ सम्म आइपुग्दा कुनै पनि नायकसँग दोहोर्‍याएर काम गरेकी छैनन् ।


‘ड्रिम्स’ मा अनमोल केसी हुँदै उनले ‘ए मेरो हजुर २’ मा सलिनमान बनियाँ, ‘तिमीसँग’ मा आकाश श्रेष्ठ, ‘इन्टु मिन्टु लण्डन’ मा धिरज मगर र ‘कायरा’ मा आर्यन सिग्देलसँग काम गरिन् ।

किन हरेक चलचित्रमा हिरो चेन्ज ? कथाको माग हो वा साम्राज्ञी स्वयंको ? उनले यो मामलामा निर्माण टिमलाई आफ्नो कुनै दबाब नहुने गरेको बताएकी छन् । उनी आफू सधैं निर्देशकलाई क्रियटिभ वर्कमा मात्र प्रेसर दिने गरेको बताउँछिन् ।

‘म निर्देशकहरुलाई क्रियटिभ वर्कमा चाहिं प्रेसर दिन्छु । म अहिलेको जेनेरेसनको हुँ । मेरो जेनेसनकाले के मनपराउँछन् भन्ने कुरामा चाहिं दबाब दिने गर्छु । हिरो परिवर्तनको कुरामा म हाबी हुन्नँ’, उनले भनिन् ।

पर्दामा उनको जोडी अभिनेता अनमोल केसीसँग सबैभन्दा फिट मानिन्छ । दर्शक पुनः यो कपललाई एकसाथ स्क्रिनमा हेर्न प्रतिक्षारत छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu