‘ह्याप्पी भाग जाएगी’ को तेस्रो सिरिजमा करीना ?



‘वीरे दी वेडिङ’ पछि बलिउड अभिनेत्री करीना कपूर खानको कयौं फिल्मलाई लिएर अनेकन चर्चा भइरहेको छ । पहिला खबर आएको थियो कि उनले करण जोहरको फिल्म साइन गरेकी छन्, जसमा अक्षय कुमार लिड रोलमा रहनेछन् ।

अब खबर बाहिरिएको छ कि उनी ‘ह्याप्पी भाग जाएगी’ को तेस्रो पार्टमा देखिन सक्नेछिन् । पिंकविलाले लेखेको छ, ‘करीनालाई स्क्रिप्टसँगै ह्याप्पी भाग जाएगीको तेस्रो पार्टका लागि अप्रोज गरिएको छ ।’

फिल्मलाई मुद्दसर अजीज निर्देशन गर्दैछन् । करीनाले यो फिल्म साइन गरिसकेको खबर छ । फिल्मको दोस्रो पार्ट ‘ह्याप्पी फिर जाएगी’ को ट्रेलर सार्वजनिक भइसकेको छ ।

वेबसाइटका अनुसार, दोस्रो पार्टमा पनि करीनाले गेस्ट रोल निभाएकी छन् । फिल्ममा सोनाक्षी सिन्हा, डायना पेन्टी, जिमी शेरगिल, अली फजल छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu