आयो पूजा र आकाशको ‘रामकहानी’ ट्रेलर (भिडियो)



भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रामकहानी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा प्रमुख भूमिकामा छन् । ट्रेलर रोमान्टिक प्रेम कथाले भरिएको छ ।

प्रेम, मिलन, विछोड, रोदन, कमेडी, थ्रिल सबै खुराक ट्रेलरमा छ । ‘रामकहानी’ मा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई र रविन्द्र झा पनि प्रमुख भूमिकामा छन् ।


ट्रेलर हेर्दा अभिनेत्री पूजा शर्मा पहिलो पटक फरक भूमिकामा प्रस्तुत भएको अनुमान गर्न सकिन्छ । उनको रोमान्टिकसँगै डरलाग्दो अवतार देखिएको छ ।

‘रामकहानी’ कमेडीसँगै रोमान्टिक लभस्टोरी जनरामा तयार भएको निर्देशक सुदर्शन थापाले बताए । यो चलचित्र पूजा र सुदर्शनले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रको कथा सुदर्शन आफैंले लेखेका हुन् । सौरभ लामाले खिचेको चलचित्रमा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ । महेश दवाडी र दिनेश न्यौपानले संयूक्त रुपमा स्क्रिन प्ले र डाइलग लेखेका छन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu