‘भाले मोटर’ को कभर भिडियो प्रतियोगीता घोषणा



असोज १९ गतेबाट प्रदर्शनमा आउन लागेको राजु गिरी निर्देशित चलचित्र ‘निर्जला’ को ‘भाले मोटर’ बोलको गीत सार्वजनिक भएको छ । सलिल सुन्दर तुलाधर र सवनम आचार्यले गाएको गीतमा शब्द तथा संगीत बाबुल गिरीको रहेको छ ।

क्रान्ति केसीको कोरियोग्राफी रहेको गीतको भिडियोमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मा फिचर छन् । यूट्युबमा सार्वजनिक भएसँगै निर्माण टिमले यस गीतको कभर भिडियो प्रतियोगीता घोषणा गरिएको छ ।

सो गीतको कभर भिडियो भदौ दोस्रो सातासम्म साइराम पिक्चर्सको इमेलमा पठाउनु पर्ने प्राबधान राखिएको छ । निर्माता प्रकाशचन्द्रले प्राप्त भिडियोहरु मध्ये प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँ र दोश्रो हुनेलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिएका छन् ।

कभर भिडियोका विजेतालाई आफूले निर्माण गर्ने नयाँ चलचित्रमा उचित भूमिका पनि दिइने निर्माता प्रकाशचन्द्रले बताएका छन् । गाउँले परिबेशको कथामा निर्माण गरिएको ‘निर्जला’ मा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाललगायतको अभिनय छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu