बितेका पलको भव्य प्रिमियर | नेता देखी अभिनेतासम्मको तारिफ



biteka-pal-premier5
बैकुण्ठराज पराजुली, काठमाण्डौ।
नेपाली चलचित्रको प्रिमियर हुन्छ भन्ने कुरो यो समयसम्म आइसक्दा एकादेशको कथा जस्तै बनेको थियो । नेपालमा चलचित्रको प्रिमियर गर्नु भनेको निर्माताको बजेट बढाउनु र दर्शक भड्काउने कार्य जस्तै हो भन्ने कुरा चलिरहँदा यस्तो समयमा समेत चलचित्र छायांकनको समय देखि नै आफुहरुले राम्रो र सभ्य चलचित्र बनाएको दावी गर्दै आएको चलचित्र ‘बितेका पल’को निर्माण युनिटले आइतवार राजधानीमा भव्य प्रिमियर गरेको छ ।

प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका बिभिन्न बिशिष्ट व्यक्तिहरु देखि राजनीतिक दलका व्यक्तित्वहरुको समेत सहभागिता थियो । चलचित्र हेरिसके पछि धेरैले अब नेपाली चलचित्रमा पनि नयाँ आयाम देखा परेको भन्दै निर्माण युनिटको खुलेर तारिफ गरेका थिए । चलचित्र हेरिसकेपछि एनेकपा माओवादीका नेता तथा पुर्व अर्थ मन्त्रि बर्षामान पुनले भने, ‘मैले आज धेरै समय पछि नेपाली चलचित्र हेर्ने अवसर पाएको हुँ, लामो समय पछी आज आएर नेपाली चलचित्र हेर्दा हाम्रो चलचित्रहरु पनि विदेशी चलचित्रको दाँजोमा पुगेको भन्न सकिने भएछ ।’ त्यस्तै बरिष्ठ कलाकार हरिवंश आचार्यले पनि चलचित्र एकदमै राम्रो बनेको भन्दै चलचित्रमा नायिका केकी अधिकारीले गरेको अभिनयको खुलेर तारिफ गरेका थिए ।

चलचित्र हेरिसकेपछि नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले ठुलोपर्दासँग कुरा गर्दै ‘बितेका पल’ राम्रो चलचित्र बनेको भन्दै चलचित्रले नेपाली चलचित्र उद्योगमा चलेको संक्रमणकाललाई चिर्न एउटा इँटा थप्नेमा आफु आशावादी बनेको बताए । राईले निर्माता निर्देशकले गरेको मेहनतले गर्दा नै चलचित्र राम्रो बनेको भन्दै निर्माण युनिटको राम्रो प्रशंसा समेत गरे ।

चलचित्र हेरिसकेपछि धेरै संचारकर्मी तथा दर्शक बनेर पुगेका अन्य बिशिष्ट व्यक्तिहरुले समेत यो चलचित्रले नेपाली चलचित उद्योगमा अर्को इँटा थप्नेमा आफुहरु पूर्णत; आशावादी बनेको बताएका थिए । भने ‘बितेका पल’मा नायिका केकी अधिकारीले गरेको जिवन्त अभिनयको प्रसंशा गर्न प्राय: कोही पनि दर्शक पछि परेनन् ।

यही पुस २६ गते अल नेपाल प्रदर्शन हुने सुरज सुब्बा नाल्बो निर्देशित ‘बितेका पल’ ले प्रदर्शनको दुई हप्ता अगाडी नै भव्य प्रिमियर गरेको हो । आफ्नो पहिलो चलचित्र ‘बाटोमुनिको फूल’लाई समेत प्रिमियर गरेका निर्माता राजेश घतानीले प्रिमियर पछी सबैबाट पाएको प्रसंशा र वाहि-वहि ले आफुलाई पुरै उत्साहित बनाएको बताए ।

‘प्रिमियर सो’ यो चलचित्रको प्रतिस्पर्धी बनेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘छ एकान छ’ का निर्माता निर्मल शर्मा, दिपकराज गिरी ले पनि ‘बितेका पल’ राम्रो चलचित्र बनेको भन्दै निर्माण युनिटलाई बधाई दिएका थिए । उनीहरुले यो चलचित्रको सफलताको सुभकामना समेत दिए ।

कुनै कथा नभएर वास्तविकतामा आधारित रही तयार गरिएको भनिएको यो चलचित्रले प्रदर्शन पश्चात पनि सम्पूर्ण दर्शकको साथले सफलता पाउने निर्माण युनिटले विश्वास लिएको छ ।

बितेका पल प्रिमियरका अन्य तस्विरहरु यहाँ हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu