२५ लाख तिरेर छुटे ‘लुट’ निर्माता



नक्कली नोट छापेको आरोपमा पक्राउ परेका निर्माता माधव वाग्ले धरौटीमा रिहा भएका छन् । उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।


जिल्ला अदालत काठमाडौंले नक्कली नोटको कारोबार गरेको भन्दै गत जेठमा पूर्पक्षको लागि थुनामा पठाएको थियो । निर्माता वाग्ले २५ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

प्रहरीले जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको थियो । नेपाल राष्ट्र बैंकले निर्माता वाग्लेको साथबाट भेटिएको नोट ‘जाली’ रहेको पुष्टि गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

वाग्लेले नयाँ चलचित्र ‘चङ्गाचेट’ को प्रायोजनका लागि नक्कली नोट छापेको प्रहरीसमक्ष बयान दिएका थिए । प्रहरीले ‘लुट’, ‘लुट–२’, ‘छड्के’, ‘रेशम फिलिली’ लगायतका फिल्मका निर्माता तथा वितरक वाग्लेसहित महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी र विकेश नापितलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu