बन्ने भयो ‘प्रेम चरी’



‘प्रेम चरी’ नाममा नेपाली चलचित्र निर्माण हुने भएको छ । यस चलचित्रको शुक्रवार मैतिदेवीस्थित मैतिदेवी मन्दिरमा मुहूर्त गरिएको छ । यसलाई बिचल किराँतीले निर्देशन गर्दैछन् ।

चन्द्र भट्टराईको कथा रहेको चलचित्रलाई एस.बि.आर फिल्मस् र आई स्टार इन्टरनेसनल फिल्मसको ब्यानरमा निर्माता संजयश्री र मोनिका कुमारी ठाकुरले संयूक्त रुपमा निर्माण गर्नेछन् ।


भाद्र १ गतेबाट फ्लोरमा जाने ‘प्रेम चरी’ मा प्रेम कथासँगै एक्सन पनि रहने निर्देशक किराँतीले जानकारी दिए । यस चलचित्रमा पुस्कर रेग्मी, रेश्मा सुवेदी, सपना ओली, संजयश्री र मनमोहन ठाकुर (दीलिप) को प्रमुख भूमिका रहनेछ ।

‘प्रेम चरी’ ६० लाखको बजेटमा निर्माण हुने बताइएको छ । चलचित्रका गीतमा ओम सुनारको संगीत रहनेछ । निर्माता ठाकुरका अनुसार, चलचित्रका गीतको सम्पूर्ण काम भारतमा हुनेछ । रामजी लामिछानेको कोरियोग्राफी रहने यो चलचित्रलाई पवन गौतमले खिच्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu