‘नाईं नभन्नू ल ५’ गीतमा अनुभव र सेड्रिनाको छमछमी (भिडियो)



भाद्र ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाईं नभन्नू ल ५’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘बालापनको उमेर’ बोलको गीतको भिडियोमा बाल कलाकार द्वय अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् ।

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा समिक्षा अधिकारीको स्वर छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन छ ।


‘नाईं नभन्नू ल ५’ का निर्देशक विकासराज आचार्य हुन् । स्वस्तिमा खड्का, अभिषेक नेपाल, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारहरुको यो चलचित्रमा अभिनय छ ।

चलचित्रलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

वान टाइम सिनेमाको ब्यानरमा बनेको चलचित्रको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu