थाइल्याण्डमा हाउसफुल ‘चि मुसी चि’ (भिडियोसहित)



बैंकक | नेपालमा गएको हप्ताबाट प्रदर्शनमा आएको सस्पेन्स थ्रिलर जनराको चलचित्र ‘चि मुसी चि’ले विदेश प्रदर्शन थालनी गरेको छ । यस चलचित्रले पहिलो विदेश प्रदर्शनको सुरुवात सुन्दर देश थाइल्याण्डको राजधानी बैंककबाट गरेको छ ।

बैंककमा रहेको ‘मेजर सिनेप्लेक्स’मा भब्य प्रदर्शन भएको छ । फिल्म हेर्न सयौं दर्शक उपस्थित भएका थिए । ‘चि मुसी चि’ हेरेका अधिकांश दर्शकले यसको सस्पेन्स पाटो र गीतसंगीतको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

चलचित्रको थाइल्याण्डका विभिन्न शहरमा १२ भन्दा बढी शो हुने बताइएको छ । शनिवार नै थाइल्याण्डको पतैयामा पनि यस चलचित्रको अर्को शो भब्य रुपमा सम्पन्न भएको छ ।

बैंकक र पतैयामा सफल प्रदर्शन पश्चात फेरि सो ठाउँमा उक्त फिल्म प्रदर्शन हुने सम्भावना बढेको आयोजक संस्था थाई नेपाली संघले जानकारी दिएको छ । चलचित्रको प्रदर्शनका लागि कार्यकारी निर्माता शिवराज कार्की र अभिनेता सुशान्त कार्की यतिबेला थाइल्याण्डमा छन् ।

निर्माता कार्की थाइल्याण्डबासी नेपालीबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको बताए । उनले भने, ‘चलचित्र हेर्नुभएका सबैले राम्रो भन्नुभएको छ । हाम्रो लागि यो ठूलो सफलता हो ।’ यस्तै, अभिनेता सुशान्तले आफ्नो भूमिका रुचाइदिएकोमा दर्शकलाई धन्यवाद दिए ।

दिनेश श्रेष्ठ निर्देशित ‘चि मुसी चि’ मा अलिशा शर्मा र सुनिल क्षेत्रीको पनि प्रमुख भूमिका छ । नृत्य क्षेत्रमा आफूलाई स्थापित गरिसकेका यी दुईको यो डेब्यु चलचित्र हो ।

नेपालसँगै थाइल्याण्डबासी नेपालीले पनि यो कपलको अभिनयको तारिफ गरेका छन् । यस चलचित्रको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu