रिलिज डेट तय गर्दै सकियो ‘प्रसाद’ को छायांकन



अभिनेत्री नम्रता श्रेष्ठ, अभिनेता द्वय विपिन कार्की र निश्चल बस्नेतत स्टारर चलचित्र ‘प्रसाद’ को छायांकन सकिएको छ । छायांकन सकिएसँगै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ ।

निर्देशक दिनेश राउनले प्रसाद मंसिर २१ गतेबाट प्रदर्शनमा आउन जानकारी दिए । ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’ लगायतका चलचित्र निर्देशन गरिसकेका उनले ‘प्रसाद’ लाई राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताए ।

इन्डक्ल्याप कार्यक्रममा बोल्दै निश्चलले आफूले अभिनय गरेका अन्य चलचित्रभन्दा ‘प्रसाद’ मा फरक भूमिका रहेको बताए । उनी भन्छन्, ‘छुट्टै खालको तर राम्रो चलचित्र बनेको छ भन्नेमा म विश्वस्त छु । आजसम्म एक्टरको रुपमा खेलेका चलचित्रभन्दा यसमा मैले केही मिहिनते गरेर राम्रो काम निकाल्न सकेँ की भन्ने लागेको छ ।’


उनले ‘प्रसाद’ मा दर्शकले आफ्नो अभिनयमा म्याचुरिटी देख्न पाउने पनि बताए । यस्तै, अभिनेत्री नम्रताले यस चलचित्रमा आफूले फरक भूमिका निर्वाहा गरेको बताइन् । यो चलचित्रमा उनी गृहणी महिलाको भूमिकामा छिन् ।

उक्त चलचित्रलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको छ ।

निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा फिल्मले बोल्छ । विकास सुवेदी चलचित्रका एशोसियट डाइरेक्टर हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu