हेर्नुहोस् ‘रेनी’ को ट्रेलर र गीत (भिडियो)



भाद्र ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रेनी’ को ट्रेलर र गीत एकसाथ सार्वजनिक भएका छन् । ट्रेलरमा अभिनेता दीपक ढकाल र सनम मल्ल बीचको प्रेम, रोमान्स, द्वन्द्व, विछोड देखाइएको छ ।

‘मलाई नाईँ नाईँ’ बोलको सार्वजनिक गीतले यो कपलको प्रेमभाव बोल्छ । भिडियोमा दुवै रोमान्टिक मूडमा प्रस्तुत छन् । पुस्कर सुनुवारको स्वर र संगीत रहेको उक्त गीतको कोरियोग्राफी मदन खड्काले गरेका हुन् ।


बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको चलचित्रलाई गिरिश रिजालले निर्देशन गरेका हुन् । फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल,सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल,टंक डुम्रे,गुरु भुटिया, बिजय तिखातारिलगायतका कलाकारले अभिनय गरेका छन् ।

ट्रेलर हेर्नुहोस् :-

निर्मात्री बिमलाले निकै मिहिनेतका साथ राम्रो चलचित्र बनाएकाले सफल हुनेमा आफूहरु बिश्वस्त रहेको बताइन् । चलचित्रकी स्क्रिप्ट राईटर र गीतकार समेत रहेकी नव-अभिनेत्री सनमले ‘रेनी’ मा मायाप्रेम, हाँसो, रोदन, द्वन्द्वका साथमा सामाजिक बिषयलाई प्रस्तुत गरिएको जानकारी दिइन् ।

अभिनेता दीपकले रेनीको स्क्रिप्ट निकै मन परेको बताउँदै आमदर्शकले चलचित्र सफल गराइदिने बिश्वास ब्यस्त गरे । निर्देशक गिरिशले ‘रेनी’ आफ्ना लागि बिशेष भएको बताउदै दर्शकले पनि मन पराउने दावी गरे ।

गीत हेर्नुहोस् :-

शाही मल्ल फिल्मस्को ब्यानरमा निर्मित चलचित्रलाई गोबिन्द शाहीले बितरण गर्दैछन् । जयराम रिजालले खिचेको चलचित्रका गीतमा बिनोद खुम्बुको पनि संगीत छ । चलचित्रको द्वन्द्व राजु किराँतीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu