‘रोजी’ गीतमा प्रदीप–मिरुनाको रोमान्स (भिडियो)



चलचित्र ‘रोजी’ को पहिलो गीत यूट्युबमा रिलिज भएको छ । प्रदीप खड्का र मिरुना मगर फिचर्ड ‘फूल हैन…’ गीतलाई टर्कीका पर्यटकीय थलो इस्तानबुल, साल्टलेक र कोनियामा दृश्यांकन गरिएको छ ।

एलिस कार्कीद्धारा संगीतबद्ध गीतमा प्रताप दास र प्रविशा अधिकारीले स्वर दिएका छन् । राजेशकुमार श्रेष्ठको शब्दमा कविराज गहतराजको नृत्य निर्देशन छ ।

क्राइम थ्रीलर र रोमान्टिक जनरको चलचित्रलाई नीरक पौडेलले निर्देशन गरेका हुन् । अनुप सापकोटाको कथा र केदार भुषालको पटकथा छ । चलचित्रले प्रेममा हुने बदला, प्राप्ती, घुम्ती, उतारचढाव र निर्दोषपनको कथा पेश गर्छ ।

प्रदीप, मिरुना र परमिता राणा मुख्य भूमिकामा छन् । यी तीन पात्र वरपर द्धन्द्ध घुम्छ । राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत र बुद्धिलाल मगरको निर्माण नियन्त्रण छ ।

गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र भाद्र २२ गते रिलिज हुँदैछ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu