‘कायरा’ को गीतमा गायक बने आर्यन (भिडियो)



प्रदर्शनरत चलचित्र अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्र ‘कायरा’ को तेस्रो गीत सार्वजनिक भएको छ । ‘रंग छ कहाँ ?…’ बोलको गीतमा केतन क्षेत्रीको स्वर छ ।

अभिनेता आर्यन आफैंले लेखेको गीतमा कोशिश क्षेत्रीले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेता आर्यन ब्यान्डसहित प्रस्तुत छन् ।

आर्यन सिग्देल इन्टरटेन्मेन्ट र आर एन्ड आर प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।

चलचित्रमा आर्यन र साम्राज्ञीको साथमा शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिषा श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

‘कायरा’ मा कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविण सिंहको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायांकन, केदार भुषालको पटकथा तथा संवाद, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu