पर्दामा हिट होला आँचल र आकाशको जोडी ?



अभिनेत्री आँचल शर्माको जोडी अभिनेता पल शाहसँग सुहाएको मानिन्छ । यी दुईले एकसाथ तीन चलचित्रसँगै सय बढी म्यूजिक भिडियोमा पनि अभिनय गरिसकेका छन् ।

‘नाईँ नभन्नू ल ४’ बाट एकसाथ पर्दामा डेब्यु गरेका यी दुईले ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ चलचित्र पनि सँगै गरे । ‘जोनी जेन्टलम्यान’ फ्लप भएपनि ‘नाईँ नभन्नू ल ४’ र ‘शत्रु गते’ ले कमाईको रेकर्ड नै बनायो ।

पर्दामा आँचलको जोडी पलसँग मात्र सुहाउने तर्क दर्शकहरुको छ । तर आउँदो भाद्र १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्ल्याक’ मा उनको जोडी पलसँग नभएर अभिनेता आकाश श्रेष्ठसँग बाँधिएको छ । उनले पहिलो पटक पल नभएको चलचित्रमा काम गरेकी हुन् ।


‘शत्रु गते’ मा काम गरेर पछुताएकी यी अभिनेत्री अब हुलमुलका चलचित्र नगर्ने सोचमा छिन् । हुलमुलका फिल्ममा आफू ओझेलमा पर्ने उनको तर्क छ । यसकारण आँचलका लागि चलचित्र ‘ब्ल्याक’ खास छ । यो चलचित्र चल्ने महत्वपूर्ण आधार नै आँचल र आकाश हुन् ।

पहिलो पटक आँचलले फरक अभिनेतासँग स्क्रिन साझेदारी गरेका कारण यो चलचित्रप्रति दर्शकमा चासो बढेको छ । अब उनलाई पल विनाको चलचित्र कति फलिफाप रहला ? यसको त प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

प्रदिप श्रेष्ठ निर्देशित चलचित्रलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रमा आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजाल पनि लिड रोलमा छन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रमा मौनता श्रेष्ठको स्कृप्ट समावेश छ ।

‘ब्ल्याक’ लाई गोविन्द शाही, उज्जवल पौडेल र मनोज राठीले वितरणको जिम्मा लिएका छन् । चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको यो चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu