आर्यनसँग बोल्ड सृष्टि (फोटो फिचर)



सविर श्रेष्ठ निर्देशित चलचित्र ‘बाँध मायाले’ को शिर्ष गीतको हालै छायांकन गरिएको छ । गीतको सार्वजनिक तस्बिरमा नायक आर्यन अधिकारीको अंगालोमा नायिका सृष्टि श्रेष्ठ बाँधिएकी छन् ।

तस्बिरमा आर्यन र सृष्ठिको जोडी निकै जमेको देखिन्छ । तस्बिर सार्वजनिक भएसँगै गीतप्रति चासो बढेको छ । अर्जुन पोखरेलले संगीत दिएको गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

कुलेखानी र राजधानीमा पाँच दिन लगाएर चलचित्रको गीत खिचिएको निर्देशक श्रेष्ठले जानकारी दिए । ‘गीत संगीत र छायाँकनमा निकै मिहेनत गरेका छौं’, निर्देशक श्रेष्ठ भन्छन्, ‘दर्शकले मन पराउनु हुन्छ भन्ने विश्वास छ ।’

अर्को सातातिर गीत रिलिज गरिने उनको भनाई छ । ‘बाँध मायाले’ असोज ५ मा प्रदर्शन हुँदैछ । चलचित्रमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । यसै चलचित्रबाट किशोर खड्का नायकको रुपमा आउँदैछन् ।

रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्धन्द्ध निर्देशन रोशन श्रेष्ठको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu