२६ वर्षपछि ‘आज हाम्रो भेट भाको’ गीतमा सरोजले लगाए ठुम्का



‘आज हाम्रो भेट भा’को दिन’ बोलको गीत नसुन्ने सायदै होलान । २६ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘ज्वाला’ को हिट गीत हो यो । अझै पनि यो गीत दर्शकलाई प्रिय लाग्छ ।

यही गीतमा पुनः एकपटक अभिनेता खनालले नृत्य गरेका छन् । हाल छायांकनरत चलचित्र ‘द ब्रेकअप’ मा राखिएको यो गीत फेरि उनीमाथि नै फिल्मांकन गरिएको छ । गोकर्ण रिसोर्टमा मंगलवारबाट गीतको छायांकन भइरहेको छ ।


अभिनेता खनालले २६ वर्ष अगाडिको याद ताजा भएको बताएका छन् । उनले भने, ‘म फ्ल्यास ब्याकमा गएँ । कृष्टिलाई धेरै सम्झिएँ । कोरियोग्राफर बसन्तजंग रायमाझीलाई पनि सम्झिएँ ।’

उनले पहिला र अहिलेको सुट गर्ने तरिका फरक रहेको बताए । उनी भन्छन्, ‘२६ वर्ष अगाडि यो गीत खिच्न एक दिन लागेको थियो । अहिले यही गीत खिच्न ४ दिन लाग्छ भन्नुभएको छ ।’ यसमा उनले ‘द ब्रेकअप’ का नायिकाहरुसँग नृत्य गरेका छन् ।

हेमराज विसीको निर्देशन रहेको चलचित्रमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की लगायतका कलाकारहरुको अभिनय छ । हालै चलचित्रको अष्ट्रेलिया सेड्युल सकेर निर्माण टिम नेपाल फिरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu