ओम्याक्स हलमा आगलागी



चलचित्र निर्माता तथा एफडी कम्पनीका अध्यक्ष समेत रहेका नरेन्द्र महर्जनले हेटौंडा–४, हुप्राचौरमा सञ्चालन गरेको ओम्याक्स हलमा आगलागी भएको हो ।

आगलागीबाट मानविय क्षती नभएपनि करोडौंको क्षति भएको खबर प्राप्त छ । उक्त हलमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्र ‘कायरा’ चलिरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, विद्युत सर्ट भएर लागेको आगो दुई दमकलको सहयोगले निभाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu