सेलिब्रेटीले रुचाए ‘कायरा’



मंगलवार चलचित्र कायराको राजधानीको जय नेपाल हलमा विशेष शोको आयोजना गरिएको थियो । चलचित्र हेर्न पत्रकार र सेलिब्रेटीहरुको बाक्लो उपस्थिति थियो ।

निर्देशक तथा हाँस्यकलाकार दीपाश्री निरौला, अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री तथा निर्देशक झरना थापा, अभिनेता रमेश उप्रेती, कोरियोग्राफर रेनशा वान्तवा राई, अभिनेत्री करिश्मा श्रेष्ठ, अभिनेता आमेश भण्डारीलगायतले ‘कायरा’ हेरेपछि आफ्नो प्रतिक्रिया सुनाए ।

दीपाश्रीले चलचित्र ‘लेन्दी’ भएको तर्क राखिन् । उनी भन्छिन्, ‘चलचित्रलाई केही ड्रिम गर्न सकिन्थ्यो । यदी म हुन्थेँ भने अलि ड्रिम गर्थेँ र घटना क्रमलाई एकदम चाँडो ल्याउथेँ । चुस्त र दुरुस्त बनाउनका लागि २ घण्टा २१ मिनेटको चलचित्रलाई २ घण्टाको बनाउन सकिन्थ्यो ।’

उनले बनिरहेका लभस्टोरी चलचित्रभन्दा ‘कायरा’ फरक रहेको पनि बताइन् । उनी थप्छिन्, ‘यस्तो चलचित्रहरु बनिरहनु पर्छ । पहिला मलाई आर्यन चकलेटी ब्वाई लाग्थ्यो । यो चलचित्रमा चाहिँ जिम्मेवारी ब्वाई लाग्यो ।’

अभिनेता रमेश उप्रेतीले आर्यनलाई चलचित्रमा ‘किंग अफ रोमान्स’ देखिएको बताए । अभिनेत्री झरना थापाले चलचित्रको ट्रयाजिटी पाटो उत्कृष्ट रहेको बताइन् । उनले चलचित्रमा कमेडीको खाँचो औल्याइन् ।

अभिनेत्री करिश्मा मानन्धरले भने चलचित्रको मेकिङको प्रशंसा गरिन् । ‘चलचित्रका दृश्यहरु सफा छन् । आर्यनको पहिलाको छवि फेरि एकपटक छल्किएर आएको छ । बनिरहेका चलचित्रभन्दा मलाई ‘कायरा’ फरक लाग्यो’, उनले भनिन् । कोरियोग्राफर रेनशाको चलचित्र राम्रो बनेपनि कस्टुम डिजाइन आकर्षक नभएको भनाई छ ।


यस चलचित्रका निर्देशक लक्ष्मण रिजाल हुन् । आर्यनको होम प्रोडक्सनमा निर्मित उक्त चलचित्रमा आर्यन सिग्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu