‘गुनगुन’ को आइटम गीत सार्वजनिक (भिडियो)



कात्तिक ३० गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘गुनगुन’ को आइटम गीत सार्वजनिक भएको छ । कलाकार पुकार भट्टराईको निर्माणमा तयार भएको चलचित्रको ‘काजु किसमिस…’ बोलको गीतमा चन्दा दाहाल आइटम गर्लको रुपमा प्रस्तुत भएकी छिन ।


कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको गीतमा स्वर सुनिता कार्कीले दिएकी छिन् । गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् । चलचित्रको कथालाई अगाडि बढाउने भएकोले गीत महत्वपूर्ण रहेको निर्माण पक्षको भनाई छ ।

पुकार भट्टराईको निर्देशनमा तयार चलचित्रमा संचिता लुईंटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रमा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ । अस्ट्रेलियामा सेप्टेम्बर ३० मा वल्र्ड प्रिमियर हुने प्रेम कथामा आधारित यस चलचित्रलाई उपत्यका बाहिर आर.आर फिल्म्स र उपत्यका भित्र सुनिल मानन्धरले वितरण गर्नेछन ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu