चलचित्र ‘शिरफूल’ को अफिसियल ट्रेलर लञ्च भएको छ । ट्रेलरमा काठमाडौंका युवा जमातको रहन सहनका साथै आदिवासी जनजाति संस्कृतिको झलक पनि देख्न सकिन्छ ।
‘शिरफूल’ लाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् । चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।
यसअघि नै चलचित्रको ‘आज किन’ र शिर्ष गीत सार्वजनिक भइसकेको छ । चलचित्रमा समाबेश गीतमा शब्द राजु थापा, डिपी खनाल र कृष्ण केसीको रहेको छ भने संगीत हरी लम्साल र देवराज आले मगरको रहेको छ ।
उक्त चलचित्रका गीतमा आवाज आर्जन पाण्डे, मेलिना राई, हरी लम्साल, देवराज आले मगर र तारा श्रीशको छ । ‘शिरफूल’ मा कथा देवराज आले मगरको रहेको छ । चलचित्रलाई निरोज श्रेष्ठले खिचेका हुन् भने सम्पादन मिलन श्रेष्ठ गरेका हुन् ।
यो चलचित्र नेपालसँगै विदेशका १६ वटा देशका प्रमुख सहरमा प्रदर्शन हुने पक्का भएको छ । चलचित्रमा आशिर्वाद पुन मगरको लगानी रहेको छ । यो चलचित्र मंसिर २१ गतेबाट रिलिज हुँदैछ ।
ट्रेलर हेर्नुहोस् :-