‘कायरा’ को नयाँ भर्सन आउने



हाल प्रदर्शनरत अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्र ‘कायरा’ १५ मिनेट छोट्याइएको छ । निर्माता समेत रहेका अभिनेता सिग्देलले टेक्निकल प्रोब्लमका कारण हलमा पुरानो भर्सन प्रयोग गर्नु परेको बताएका छन् ।

बुधवार दुवई उड्दै गर्दा उनले यो कुरा बताएका हुन् । नेपालमा प्रायः दर्शकको गुनासो चलचित्र स्लो र लेन्दी भएको थियो । मंगलवार राजधानीमा आयोजित स्पेशल शोमा पनि सेलिब्रेटीहरुले चलचित्र माथि यही खोट लगाए ।


आर्यनले चलचित्रको नयाँ भर्सन यसै साताबाट हेर्न पाइने बताए । आर्यनले दर्शकलाई फ्ल्यास ब्याक बुझ्न गाह्रो भएको कुरा पनि स्विकार गरे । उनले भने, ‘जय र कायराको नेपालमा बढेको सम्बन्ध र त्यो सम्बन्ध फिलिपिन्समा कन्टिन्यू भएको कुरा बुझ्न दर्शकलाई गाह्रो भएको पाइएको छ । कति दर्शकलाई चलचित्र स्लो पनि लागेको पाएँ ।’

‘हुनत, दुई जना क्यारेक्टर भएको चलचित्र स्लो नै हुन्छ । स्पेशल शोमा पनि त्यो सुझाव पाएको थियौं । यो हप्ताको शुक्रवार वा शनिवारबाट एडिटेड र दर्शकले पूर्ण रुपमा बुझ्ने भर्सनमा चलचित्र हलमा आउँछ’, आर्यनले भने ।

९ अगस्टदेखि यो चलचित्र दुवईका विभिन्न शहरमा प्रदर्शन हुँदैछ । चलचित्रको प्रदर्शनका लागि बुधवार आर्यन र साम्राज्ञी दुवई उडेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu