‘कथा काठमाण्डू’ को दोस्रो गीत यस्तो बन्यो (भिडियो)



‘रातको कुरा’ बोलको गीतपछि विवादमा तानिएको चलचित्र ‘कथा काठमाण्डू’ को दोस्रो अफिसियल गीत सार्वजनिक भएको छ ।

जून अनि तारा…’ बोलको गीतमा तीन जोडी फिचर्ड छन् । ड्रग एडिक्सनमा फसेका अभिनेता प्रमोद अग्रहरीसँग अभिनेत्री प्रियंका कार्कीको घनिष्टतासँगै अभिनेता आयुष्मान देशराज जोशीको अभिनेत्री प्रेक्षा अधिकारी र अभिनेता संजोग कोइरालाको अभिनेत्री सन्ध्या केसीसँग एकोहोरो प्रेम गीतको भिडियोमा देखाइएको छ ।


सुगम पोखरेलको स्वर रहेको गीतमा दिपेश सुब्बाको संगीत र इशान सुब्बाको शब्द छ । असोज १२ गतेलाई प्रदर्शन मिति तय गरिएको ‘कथा काठमाण्डू’ लाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् ।

संगीताले नै यो चलचित्रको कथा लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा लुजा सिंहको छायांकन छ । ‘कथा काठमाण्डू’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो ।

अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । उक्त चलचित्रमा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu