बन्ने भयो ‘भैरे २’ | ‘भैरे’ ले नेपालबाटै लगानी सुरक्षित गर्‍यो : निर्माता



चलचित्र ‘भैरे’ को दोस्रो सिरिज निर्माण हुने कन्फर्म भएको छ । चलचित्रले नेपालबाटै लगानी सुरक्षित गरेको खुसियाली साट्ने क्रममा निर्माण टिमले ‘भैरे २’ को घोषणा गरेको छ ।

चलचित्रले नेपालबाट लगानी सुरक्षित गरेसँगै दोस्रो सिरिजको तयारी थालेको निर्माता प्रेम प्रसाद पौडेलले जानकारी दिए । उनले ‘भैरे’ को सफलताको श्रेय दर्शक र मिडियालाई दिँदै भने, ‘हामी नेपालबाटै सुरक्षित भएका छौं । अब दोस्रो भाग निर्माणमा लाग्छौं ।’

‘भैरे २’ को निर्देशन एभरेष्ट सूर्य बोहराले नै गर्नेछन् । चलचित्रमा केही नयाँ र पुराना कलाकारहरु हुने निर्देशक बोहराले बताए । उनले भने, ‘दोस्रो सिरिजमा केही नयाँ कोशिश गर्ने छौं । ‘भैरे’ मा भएका कमी कमजोरीहरु दोस्रो पार्टमा नदोहोर्‍याउन हामी सर्तक रहने छौं ।’


कार्यक्रममा चलचित्रको नेपाल बक्सअफिस कलेक्सन भने निर्माण पक्षले खुलाउन चाहेन । निर्माता पौडेलले केही दिनमा चलचित्रको नेपाल कलेक्सन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । उनले चलचित्रको विदेशमा राम्रो डिमाण्ड रहेको बताएका छन् ।

चलचित्रको यूरोपमा २५ शो, क्यानाडामा १२ शो, जापानमा ७ शो, कोरियामा ५ शो, यूकेमा ४ शो र यूएसएमा २४ शो हुने पक्का भएको कार्यक्रममा जानकारी दिइयो । यस्तै, ‘भैरे’ को अष्ट्रेलिया राइट्स १२ लाखमा विक्रि भइसकेको निर्माता पौडेलले जानकारी दिए ।

दुवई, कतार, बहराइन र वमनका लागि ७ लाखमा विक्रि भएको फिल्मको पोल्याण्ड राइट्स ५ लाख रहेको निर्माताले बताए । यस्तै, सिंगापुर, हङ्गकङ्ग, मलेशिया, वर्मा, थाइल्याण्डमा पनि चलचित्र प्रदर्शन हुने बताइएको छ ।

एभरेष्ट सूर्य बोहरा निर्देशित ‘भैरे’ मा दयाका अलावा सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादन बनिष शाहले गरेका हुन् भने छायाँकन पुरुषोत्तम प्रधान हुन् ।

यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu